नियम १६
बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण
(१) केन्द्रले बीउ बिजनको गुणस्तर नियन्त्रण सम्बन्धमा यथार्थ संकेतपत्र वा बीउ प्रमाणीकरण पद्धति अवलम्बन गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको यथार्थ संकेतपत्र पद्धति अनुसार बीउको स्तरहरू देहाय बमोजिम हुनेछः–
(क) प्रजनन् बीउ
(ख) श्रोत बीउ
(ग) लेवल बीउ
(घ) उन्नत बीउ
(३) उपनियम (१) बमोजिमको बीउ प्रमाणीकरण पद्धति अनुसार बीउको स्तरहरू देहाय बमोजिम हुनेछः–
(क) प्रजनन् बीउ
(ख) मूल बीउ
(ग) प्रमाणित बीउ
(घ) उन्नत बीउ
(४) गुणस्तर नियन्त्रण गरिएका बीउ बिजनको म्याद देहाय बमोजिम हुनेछः–
(क) सुरक्षितसाथ भण्डारण गरेको खण्डमा बीउ बिजनको गुणस्तरको म्याद परीक्षण गरेको मितिले छ महिनासम्म,
(ख) बीउको गुणस्तरको म्याद थप गर्नु पर्दा बीउ परीक्षणबाट उपयुक्त देखिएमा त्यस्तो बीउ बिजनको म्याद छ महिनासम्म ।